संखुवासभामा निर्माणाधिन अरुण तेस्रोका कर्मचारीद्धारा सिसुवा पहिरो पीडितलाई १० लाख सहयोग

सिसुवाका पहिरो पीडितलाई संखुवासभामा निर्माणाधिन अरुण तेश्रो आयोजना एसजेपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । सिलिचोङ्ग गाउँपालिका १ को बेसिन्दाका पहिरो पीडितलाई एसजेपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीले १० लाख रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम कम्पनीका तर्फबाट एसजेपीडिसीका प्रतिनिधि आरसी सुलेरियाले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यलाई हस्तान्तरण गरे । प्रजिअ आचार्यले पनि चेक गाउँपालिका अध्यक्ष राम कुलुङ्गलाई हस्तान्तरण गरेका छन् । प्रजिअ आचार्य र गाउँपालिकाका अध्यक्ष कुलुङ्गले यो रकमले पीडितलाई निक्कै राम्रो राहत मिल्ने बताए । यो रकम गाउँपालिकाले निर्णय गरेपछि खर्च गर्ने पनि कुलुङ्गले बताए । प्रजिअ आचार्य र अध्यक्ष कुलुङ्गले सहयोगी एसजेपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिीनियरिङ्गका कर्मचारीलाई धन्यवाद तथा आभार व्यक्त गरे । 

गत असार २७ मा आएको पहिरोमा ११ बेपत्ता भएका थिए भने ९ घर बगाएको थियो ।